हरिवन नगरपालिका कार्यालयको कर संकलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भई सो सफ्टवेयरले जेनेरेट गरेको आफ्नो आधिकारीक ८ अंकको करदाता संकेत नं जस्तैः (०१-०१-०००१) प्राप्त गरिसकेपछि मात्र कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक Username र Password राखि प्रयोगकर्ता दर्ता गरि आफ्नो विवरण हेर्न साथै कर भुक्तानी गर्न सकिन्छ ।
करदाताको रूपमा दर्ता हुँदा तपाइले अनिवार्यरूपमा आफ्नो मोबाईल नम्बर र इमेल उपलब्ध गराउनु पर्दछ ।त्यस पश्चात नगरपालिकाले उपलब्ध गराएको करदाता संकेतको आधारमा आफ्नो प्रयोगकर्ता Register गर्न सकिन्छ मोबाएल तथा इमेलको OTP Verification पश्चात उक्त username र password प्रयोग गरी जहाँसुकैबाट तपाईले आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति विवरण, कर तिर्नुपर्ने विवरण तथा कर तिरेको विवरण लगायतको विवरण यस कर पोर्टलमा हेर्न सकिनेछ।
उक्त कर भुक्तानी कार्यको लागि तपाईले करदाता पोर्टलमा दर्ता भई उपलब्ध भुक्तानी सेवा प्रदायकसँग समेत आवद्ध भएको हुनुपर्नेछ ।
username र password बिर्सिएको खण्डमा करदाता पोर्टलको I forgot my Password भन्ने Icon मा Click गरेर नयाँ password Reset गर्न सकिन्छ।
Password राख्दा कम्तिमाः एउटा Capital अक्षर,एउटा अंक र एउटा विशेष वर्ण सहित कम्तिमा ८ क्यारेक्टर राख्नु अनिबार्य हुनेछ ।